नेपालमा पछिल्लो २४ घण्टामा ११ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ३ हजार ३० जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यस्तै, थप १२ जना निको भएसँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक सय ४८ जनामा झरेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन।