बलात्कारका आरोपी मनोज पाण्डे पक्राउ

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ६ : ४०


ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डे पक्राउ परेका छन्।

प्रहरीका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो।

एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्षअघि आफू १६ वर्षको हुँदा आयोजक पाण्डेले काठमाडौंको एक होटलमा बेहोस हुने पेय पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाएकी थिइन्।

सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेशनल’मा सहभागी ती युवतीले आयोजकले आफ्नो नाङ्गो फोटो खिचेर ब्लाकमेलिङ गर्दै ६ महीनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन्।

उक्त आरोपपछि सडकदेखि संसद्‍सम्म आरोपीलाई पक्राउ गरी कारबाही गर्न मागसहितको दबाब बढेपछि प्रहरीले सामाजिक सञ्जालमा भेटिएको भिडिओकै आधारमा अनुसन्धान अघि बढाएको थियो। भिडिओ सार्वजनिकपछि संसद्‍मा यो उक्त विषयम उठेको थियो।


प्रतिक्रिया दिनुहोस्