बालेनले पाए ३५ हजार बढी मत

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ५ : २५


काठमाडौँ महानगरपालिकाको जारी पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन्।

उनले ३५ हजार ३ सय ७४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन्।

गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९०८३ मत ल्याएकी छन्।


प्रतिक्रिया दिनुहोस्