खरिपाटीको दुई सय वर्ष पुरानो मन्दिर पुननिर्माणको पर्खाइमा

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ३ : ३८


भक्तपुर । जेठ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीस्थित पुरानो ऐतिहासिक कृष्ण मन्दिर पुनर्निमाण हुन नसकेर ओझेलमा परेको छ।

लगभग दुई सय वर्षभन्दा बढी पुरानो मानिएको यो मन्दिर भूकम्पपछि कुनै किसिमको जगेर्ना हुन सकेको छैन्।

स्थानीय निकायको निर्वाचनपछि धेरै ठाउँंमा धेरै विकासको काम भए पनि यहाँंको यो मन्दिर पुनर्निमाणको पर्खाइमा छ।

भत्किएर मन्दिरको स्वरुप नै बिग्रिएको छ। परम्परादेखि कृष्ण जन्माष्टमीमा चल्दै आएको ९ मुरी, ९ पाथी, ९ माना र ९ मुठी चामलको भतेर खुवाउने चलन यहाँं थियो। तर, केही समय अगाडि १/१ माना चामल भए पनि वितरण गरिएको थियो। तर, हाल यो कार्य स्थगित भई मन्दिर बेवारिसे अवस्था रहेको स्थानीयले बताए।

गुठीसँग समन्वय गरी मन्दिरको पुनर्निमाणका लागि नयाँ निर्वाचित स्थानीय जनप्रतिनिधि पहल गर्ने आशा स्थानीय विन्दु घिमिरेले गरे।


प्रतिक्रिया दिनुहोस्