धनगढीमा गोपी हमालको जित निश्चित, घोषणा हुन बााँकी

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ३ : ०७


धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय स्निश्चित भएको छ।

कांग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ११ हजार ५९४ मतले अघि रहेका हमालको बाँकी रहेको मत गन्नु अगावै जित निश्चित भएको हो।

अहिलेसम्मको मतगणना परिमाणअनुसार गणना भएको जम्मा मत ५३ हजार ५१ मध्ये हमालले २३ हजार ३८४ मत प्राप्त गरिसकेका छन्।

त्यही, कांग्रेसका वडको मत ११ हजार ७४० छ भने एमालेका उम्मेदवार रणबहादुर चन्दको ६ हजार ६८९ रहेको छ ।हमालले ११ हजार ५९४ मतले अग्रता लिइरहेका छन्।


प्रतिक्रिया दिनुहोस्