सरकारी शिक्षकको पोशाक परिवर्तन

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : ४४


शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक कर्मचारीको पोशाक परिवर्तन गरेको छ।

केन्द्रले शुक्रबार एक सूचना जारी गर्दै कर्मचारीको पोशाक परिवर्तन गरिएको जनाएको छ।

विद्यालयमा कार्यरत शिक्षक कर्मचरीहरुको हाल प्रचलनमा रहेको पोशाक परिवर्तन गर्न नेपाल शिक्षक महासंघबाट अनुरोध भएकाले पोशाक (ड्रेस कोड)परिवर्तन गरिएको सूचनामा उल्लेख छ।

मन्त्रालयले तोकिएको पोशाक चालु शैक्षिक सत्रभित्र कार्यान्वयन गर्न समेत अनुरोध गरेको छ।

परिवर्तन भएका पोशाकमा गाढा खैरो रङको सुट (कोट,पेन्ट्स), हल्का निलो रङको शर्ट (कमिज) महिला र पुरुष दुवैले प्रयोग गर्न मिल्ने भनि सूचनामा उल्लेख गरिएको छ।

यसैगरी, मौसम अनुसार गाढा खैरो रङको ज्याकेट, कलेजी रङको स्वेटर र कालो रङको जुत्ता महिला तथा पुरुष दुवैले प्रयोग गर्न मिल्ने सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस्