आसिफ भन्छन्ः डबल स्ट्यान्डर्ड सेलिब्रिटी भनाउँदाहरु ‘मोर पावर टुयु दिदी भनिरहेछन्

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ५ : २८


काठमाडौं। पछिल्लो समय सुस्मिता रेग्मीले आफूमाथि भएको यौन हिंसाबारे सामाजिक संजालमा भिडिओहरु अपलोड गरेर बताएपछि सो विषयले पुनः यौन दुर्व्यवहारको घटनाहरु सतहमा आएका छन्।

यो घटनामा उनले धेरै व्यक्तिहरुको नाम उल्लेख गरेकी छिन्। उनले आफूमाथि यौन हिंसा हुँदा माल्भिका सुब्बा चुप बसेको पनि बताएकी छिन्।

माल्भिकालाई सहयोग माग्दा उनले सो विषयमा चासो नै नभएको बताएको र झर्किएर फोन राखेको सुस्मिताको भनाइ छ।

यही विषयमा यतिबेला माल्भिकाको चर्को आलोचना भइरहेको छ। यसबीचमा चर्चित सेलिब्रिटीहरु खुलेरै माल्भिकाको बचाउमा लागेका छन्।

चर्चित अभिनेता आसिफ शाहले भने माल्भिकालाई लक्षित गर्दै व्यंग्यात्मक रुपमा नेपाली सेलिब्रिटीहरुको टिप्पणी गरेका छन्।

उनले नेपाली सेलिब्रिटीहरुलाई दोधारे चरित्रको भएको चित्रन गर्दै फेसबुकमा भनेका छन्,‘डबल स्ट्यान्डर्ड नेपाली सेलिब्रिटी भनाउँदाहरु मोर पावर दिदीको नारा लगाउँदैछन्। वाहियातहरु। गल्ती स्वीकारर्दैमा गल्ती कम हुन्छ? जिरो टोलरेन्स्का नाटककर्ताहरु। नो पावर टु यु।’


प्रतिक्रिया दिनुहोस्