महिलालाई तालिबानको निर्देशनः समाचार पढ्दा मुख छोप्नु

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ४ : १०


काठमाडौं। अफगानिस्तानको तालिबान सरकारले महिला टेलिभिजनकर्मीहरुलाई टेलिभिजनमा उपस्थित हुँदा मुख छोप्न निर्देशन दिएको छ।

टेलिभिजनको समाचारभन्दा अथवा कुनैपनि कार्यक्रम चलाउँदा महिलाहरुले हिजाब, बुर्काजस्ता कपडाले मुहार छोप्नुपर्ने तालिबानको भनाइ रहेको छ।

बीबीसी पास्तोसँगको कुराकानीमा बुधबार त्यहाँका धार्मिक प्रवक्ताले अफगानिस्तानमा यस्तो नियम लागू हुने बताएका हुन्।

सबै महिलाले सार्वजनिकस्थलमा मुहार ढाकेर हिँड्नुपर्ने नियम बनेपछि तालिबानले टेलिभिजनमा पनि त्यो लागू हुने बताएको हो।

पछिल्लो निर्णयअनुसार महिलाहरु पुरुष सदस्यसँग मात्र भ्रमणमा निस्कन पाउँछन्। यस्तै त्यहाँ माध्यमिक तहका विद्यालयहरु महिलाको लागि बन्द गरिएको छ।

महिलाको लागि उदार हुने सोचिएको तालिबान यतिबेला झनै कठोर हुँदै गएको देखिएको छ।


प्रतिक्रिया दिनुहोस्