काठमाडौं। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनबास क्षेत्र रुसी आक्रमणबाट नर्कजस्तै भएको बताएका छन्।
रुसको क्षेप्यास्त्र प्रहार तथा बमबारीबाट डोनबास नर्क बनेको जेलेन्स्कीको भनाइ रहेको छ।
रुसले युक्रेनी राजधानी किभलाई नै कब्जा गर्ने प्रयास गरेको थियो। तर किभबाट कडा प्रतिकार भएपछि रुसी सेना पछाडि हट्न बाध्य भएको थियो।
त्यसपछि नै रुसले डोनबासमा कडा आक्रमण गरेको थियो। यतिबेला सो क्षेत्रका भवनहरु सबै ध्वस्त भएका छन्। त्यहाँ कुनै पूर्वाधार बाँकी छैन।
जेलेन्स्कीले रुसी आक्रामकताले युक्रेन ध्वस्त भइरहेको बताउँदै विश्व समुदायले रुसलाई रोक्न कदम चाल्नुपर्ने पनि बताएका छन्।