अर्घाखाँचीका पालिका प्रमुखको सपथ ग्रहणः सहभागी भएनन् सन्धिखर्क नगर प्रमुख श्रेष्ठ

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  २ : ५४


अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा सपथ ग्रहण गराइएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले नगपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्।

सपथग्रहणमा भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, शीतगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने र छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ सहभागी थिए। कार्यक्रममा सन्धिखर्क नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मानसहित प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

सवै स्थानीय तहका प्रमुखहरू सपथग्रहणमा सहभागी भए पनि सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ भने सहभागी भएनन्।

आफ्नी आमाको निधन भएपछि किरियाकर्ममा रहेका कारण श्रेष्ठ सपथग्रहणमा सहभागी नभएका हुन्। श्रेष्ठलाई किरियाकर्मबाट निस्किएपछि सपथ ग्रहण गराउने तयारी गरिएको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस्