सिबीआईले लालु यादवका अनियमितताको खोजबिन थाल्यो

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  २ : ४४


काठमाडौं। केन्द्रीय अनुसन्धान ब्यूरो सिबिआईले राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसादविरुद्ध ‘रोजगारीका लागि जग्गा’ घोटालाका सम्बन्धमा नयाँ मुद्दा दर्ता गरेको छ।

शुक्रबार बिहान बिहारका पूर्व मुख्यमन्त्री, छोरी मीसा भारती र उहाँसँग सम्बन्धित १७ स्थानमा खोजी थालेको छ।

खोजबिनबारे सिबिआई टोलीले टिप्पणी गर्न अस्वीकार गरे पनि यस मामिलामा जानकारहरूले पटना र गोपालगञ्जका विभिन्न स्थानहरूमा खोजी भइरहेको र त्यो लालुप्रसादले सन् २००४ र २००९ रेलमन्त्री रहेका बेला रोजगारीका लागि जग्गामा गरेका अनियमितासँग सम्बन्धित रहेको बताएका छन्।

शुक्रबार बिहान ७ बजेदेखि खोजी सुरु भएको र सिबिआईको टोली राबडीदेवीको निवासमा पुग्दा लालुकी पत्नी राबडी देवी, उनका विधायक छोरा तेजप्रताप र छोरी मीसा भारती उपस्थित थिए। टोलीले गोपालगञ्जस्थित लालुप्रसादको जन्म गाउँ फुलवारियामा पनि खोजी गरेको थियो। लालुका कान्छा छोरा तथा विपक्षी दलका नेता तेजस्वी यादव हाल लण्डनमा छन्।

सिबिआईले खोजीबिन थालेको खबर फैलिएपछि ठूलो सङ्ख्यामा जनता दलका समर्थकहरू राबडीको निवास बाहिर भेला भएर भाजपा र केन्द्रीय अनुसन्धान ब्युरोविरुद्ध नारा लगाएका थिए।


प्रतिक्रिया दिनुहोस्