सिरहा । सिरहाको कल्याणपुर नगरपालिका प्रमुखमा एमालेका रामपुकार साह तेली विजयी भएका छन्। उनले पाँच हजार ८८३ मत पाए। उनका प्रतिस्पर्धी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत ल्याए।
उपप्रमुखमा पनि एमालेकै रेखाकुमारी यादव विजयी भएकी छन्। उनले पाँच हजार ७३३ मत प्राप्त गरिन्। प्रतिस्पर्धी कांग्रेसका धनेश्वरीदेवी मण्डलले पाँच हजार ४७० मत र जसपाका मसुदा खातुनले चार हजार ५४५ मत प्राप्त गरे।
१२ वडा रहेको पालिकामा जसपा तीन, एमाले पाँच, कांग्रेस दुई, एकीकृत समाजवादी एक र जनमत पार्टी एक वडामा विजयी भएको छ। ०७४ को निर्वाचनमा नगरपालिका प्रमुखमा कांग्रेसका सूर्यनाथ मण्डल निर्वाचित भएका थिए।
वडा नम्वर १, २ र १० मा जसपाका वडाध्यक्ष विजयी भएका छन्। वडा नम्वर १ मा ६ सय ५४ मत प्राप्त गर्दै जयराम कामती, २ मा ६ सय ९६ मत प्राप्तसहित मो। साकिर र वडा नम्वर १० मा ६ सय ४९ मत प्राप्त गर्दै नन्दकिशोर साह निर्वाचित भएका छन्।
एमालेबाट वडा नम्वर ३ मा एक हजार ५८ मतसहित रामदुलार मण्डल, ४ मा नौ सय ५९ मतसहित प्रदिपकुमार यादव, ६ नम्वर वडामा तीन सय १३ मतसहित दिनेश यादव, वडा नम्वर ११ मा आठ सय २५ मतसहित परमेश्वर साह र १२ नम्वर वडामा एक हजार दुई सय ७४ मतसहित दिलीपकुमार यादव विजयी भएका छन्।
कांग्रेसका कुलदीप यादव सात सय ९५ मतसहित वडा नम्वर ५ र वडा नम्वर ८ बाट रामकिशोर यादव सात सय तीन मतसहित विजयी भएका छन्।
एकीकृत समाजवादीका विष्णुदेव यादव नौ सय २८ प्राप्त गर्दै वडा नम्वर ८ को वडाध्यक्ष निर्वाचित भएका छन्। जनमत पार्टीका विनोदकुमार यादव पाँच सय चार मत प्राप्त गर्दै वडा नम्वर ९ मा विजयी भएका छन्।