फिनल्यान्ड र स्वीडेनको विरोधमा टर्की, नेटो भन्छः टर्कीको चिन्ता सम्बोधन गर्छौ

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  २ : १३


काठमाडौं। उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले सैन्य गठबन्धनमा सामेल हुन फिनल्याण्ड र स्वीडेनको आवेदनपछि उत्पन्न टर्कीको चिन्तालाई सम्बोधन गर्ने वाचा व्यक्त गरेका छन्।

‘हामीले टर्कीले व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्दैछौं’ उनले डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनसँग संयुक्त रूपमा यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हन्।

फिनल्याण्ड र स्वीडेनले नेटो सदस्यताका निम्ति हालै आवेदन गरेका छन्।

स्टोल्टेनबर्गले फिनल्याण्ड र स्वीडेनले नेटोमा सामेल हुनका लागि दिएको निवेदनहरूलाई सबै सहयोगीहरूको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्ने आवश्यकताको रूपमा समन्वयात्मक रूपमा निर्णय र व्यवस्थापन गरिने बताएका छन्।

सो अवसरमा उनले नेटो फिनल्याण्ड, स्वीडेन र टर्कीसँग नजिकको सम्पर्कमा रहेको पनि उल्लेख गरेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीमाथि प्रतिबन्ध लगाएका फिनल्याण्ड र स्वीडेनको सम्मिलनमा आफू सहमत नहुने बताएका छन्।

अङ्काराले कुर्दिस्तान वर्कर्स पार्टी र सिरियामा कुर्दिश मिलिशिया पिपुल्स डिफेन्स युनिटलाई उल्लेख गर्दै दुबै राष्ट्रले आतङ्कवादी सङ्गठनलाई समर्थन गरेको आरोप लगाएको छ।

नेटो देशहरूसँगको आफ्नो भूमि सीमा दोब्बर भएको देख्न सक्ने रुसले स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन बारम्बार चेतावनी दिँदै आएको छ। रुसले यस्तो कदमले बाल्टिक सागर क्षेत्रमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएर सैन्य सन्तुलन पुनर्स्थापना गर्न बाध्य पार्ने पनि बताएको छ। रासस


प्रतिक्रिया दिनुहोस्