भारतका चर्चित पूर्व खेलाडी तथा राजनीतिज्ञ नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ११ : २४


 

 

काठमाडौं। भारतका चर्चित पूर्व क्रिकेट खेलाडी तथा कांग्रेस नेता नवजोत सिंह सिद्धुलाई बिहीबार सर्वोच्च अदालतले हत्या मुद्दामा एक वर्षको जेल सजाय सुनाएको छ।

कमेडी नाइट्स विथ कपिलमा लामो समय आवद्ध सिद्धलाई सिद्धु पाजी भनेर चिन्ने गरिन्छ।

भारतीय संचारमाध्यमका अनुसार सन् १९८८ मा सिद्धुले एक ६५ वर्षका व्यक्तिलाई एक मुक्का हानेका थिए। त्यसको केही समयमै ती व्यक्तिको मृत्यु भएको थियो।

सो घटनामा ४ वर्षअघि उनलाई सर्वोच्च अदालतले एक हजार रुपैयाँ जरिवाना तिराएर छोडेको थियो। त्यतिबेला उनीविरुद्ध प्रमाण नपुगेको भन्दै अदालतले उनलाई छाडेको थियो।

तर, पीडितको परिवारले पुनरावलोकनका लागि निवेदन पेस गरेका थिए। खबरअनुसार उनलाई पटियाला जेल राखिनेछ

उनले ट्वीटरमार्फत आफूले कानुनलाई समर्थन गर्ने बताएका छन्।


प्रतिक्रिया दिनुहोस्