नेपालगन्ज उपमहानगरको मेयरमा कांग्रेस विजयी

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ८ : ४९


नेपालगन्ज । नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो । प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन् ।

उनी २३ हजार ४६० मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत पाए । विष्ट गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

उपमेयरमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्