काठमाडौं महानगरः बालेन शाह केशव स्थापितभन्दा १२ हजार ७ सय मतले अगाडि

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार  ७ : ४९


काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार शाहले २६ हजार ९२८ मत पाएका छन् ।

यो एमालेका उम्मेदवार केशव स्थापितभन्दा १२ हजार ७६३ मतले धेरै हो । स्थापितले अहिलेसम्म १४ हजार १६५ मत प्राप्त गरेका छन् । कांग्रेसकी सिर्जना सिंहले १३ हजार ५६२ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्