कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका उम्मेद्वार विजयी

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : १०


कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाका अजय थापा र नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएका छन्।

मेयरमा निर्वाचित राप्रपाका थापाले ७ हजार ६०२ मत पाए भने उनका निकटतम प्रत्यासी नेकपा एमालेका महादेव पोखरेलले ७ हजार १२८ मत ल्याए।

त्यस्तै, उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भइन्।


प्रतिक्रिया दिनुहोस्