सर्लाहीमा लोसपाको पहिलो जित

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ७ : २०


सर्लाही । गोडैता नगरपालिकामा जित निकाल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाहीमा आफ्नो साख जोगाएको छ।

गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका देवेन्द्र कुमार यादव दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । यादवले ५४२ मत अन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार कुशवाहकलाई पराजित गरे । जितसँगै यादवको ५ वर्षे कार्यकाल दोहोरिएको छ ।

विजयी भएका यादवले ५२९४ मत प्राप्त गरे । निकटतम देखिएका कुशवाहले ४७५२ मत मात्र पाए । योसहित कुशवाह दोस्रो पटक मेयरपदको उम्मेदवारबाट पराजित भएका हुन् । उनी २०७४ मा पनि गोडैता नगरपालिकाबाट मेयरको उम्मेदवार बनेका थिए । तर, कुशवाहले निवर्तमान मेयर यादवसँग २५५ मत अन्तरले पराजित भएका थिए ।

लगतै भएको प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को ९ख०बाट निर्वाचित भएका थिए । निर्वाचित सांसद समेत रहेका उनले यस निर्वाचनको लागि मधेश प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा फेरी यसपटक पनि उम्मेदवारी दिएका हुन् ।

यस्तै उपमेयर पदमा पनि लोसपाबाट उम्मेदवार बनेकी अंजना कुशवाह निर्वाचित भएकी छन् । उनले कुल ५३०१ मत प्राप्त गरिन् । निवर्तमान उपमेयरसमेत रहेकी ८०५ मत अन्तरको जित निकालेकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रामसखी देवीले ४४९३ मतमात्र प्राप्त गरिन् ।

निर्वाचित मेयर यादव र उपमेयर कुशवाह २०७४ सालमा तत्कालीन राष्ट्रिय जनतापार्टी ९राजपा०बाट मेयर र उपमेयरमा निर्वाचित भएका थिए ।


प्रतिक्रिया दिनुहोस्