महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुवै जना उम्मेदवारले बराबरी मत ल्याए पछि गोला प्रथाबाट विजयी घोषणा गरिएको छ।
गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी भए। मतगणना बाँकी छँदै उनी विजेता घोषणा भएका थिए। र उनले विजय उत्सव समेत मनाइसकेका थिए।
यसअघि उनी विजेता घोषित भइसकेपछि मतपेटिका भेटिएपछि दुवै उम्मेद्वारको मत बराबरी आएको थियो।