धनगढीको मेयरमा स्वतन्त्र उम्मेद्वार गोपी हमालले झन् बढाए अग्रता

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ५ : ५१


धनगढी उप महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले १५ हजार ४२८ मत पाएका छन्।

गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ७ हजार ५९६ मत प्राप्त गर्दा नेकपा (एमाले)का रणबहादुर चन्द ३ हजार ५१३ मतसहित तेस्रो स्तानमा छन्।

अहिलेसम्म ३३ हजार ६५२ मतगणना भएको हो। दिउसो १ बजे सार्वजनिक गरिएको विवरणअनुसार मेयरका उम्मेदवार हमाल र वडबीच ७ हजार ८३२ मतको अन्तर छ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ६ हजार ९८३ मतका साथ लिड गरिरहेकी छिन्।

एमालेकी कन्दकला रानाले ६ हजार ९६ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार ८४८ मत पाएका छन्। अधिकारी ८८७ मतले लिड गरिरहेकी छन्।


प्रतिक्रिया दिनुहोस्