सामाजिक संजालमा माल्भिका सुब्बाको विरोध, चल्यो अनफलो अभियान

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  १२ : ४३


काठमाडौं। पूर्व मिस नेपाल, मोडल तथा टेलिभिजन संचालिक माल्भिका सुब्बाविरुद्ध यतिबेला सामाजिक संजाल प्रयोगकर्ता खनिएका छन्।

सामाजिक संजालमा उनले यौन दुराचारीलाई साथ दिएर पीडित महिलालाई झनै पीडा दिएको भन्दै उनको विरोध भइरहेको छ।

सार्वजनिक भिडियो अनुसार सुस्मिता रेग्मी नाम गरेकी युवतीले आफूमाथि यौनहिंसा भएको विषय माल्भिका सुब्बालाई सुनाएकी थिइन्। माल्भिका महिला हिंसाको विषयमा सशक्त रुपमा प्रस्तुत हुँदै आएकी छिन्।

तर ती महिलालाई भने माल्भिकाले सहयोग नगरेको उनको गुनासो रहेको छ। आफूलाई यो विषयमा कुनै चासो नभएको माल्भिकाले उत्तर दिएको ती पीडित भनिएकी महिलाको भनाइ छ।

सुस्मिताले आफ्नो टिकटक तथा इन्स्टाग्राममा माल्भिकाले असहयोग गरेको विषय र कसरी यौन हिंसामा परिन् भनेर खुलाएकी छिन्।

यतिबेला माल्भिकालाई टिकटक, युट्युब र फेसबुकमा तुच्छ भाषामा आलोचना गर्न थालिएको छ।

उनलाई सामाजिक संजालमा अनफलो गर्नुपर्छ भन्ने अभियान नै सुरुवात भएको छ।

उनले सार्वजनिक भिडिओमा हालसम्म पुरुषबाट कसरी पीडित भए भनेर खुलाएकी छिन्।

सानै उमेरमा मोडलिङमा लाग्ने महिलाले भोग्नु परेको यौन हिंसाको विषयमा उनले बोलेकी छिन्। मोडलिङमा लाग्दा साना बालबालिकाले आमाबुमा सुटिङस्पटमा लैजानुपर्ने उनको सुझाव छ।

 

View this post on Instagram

 

A post shared by @allaboutdewyskin


प्रतिक्रिया दिनुहोस्