पोखराः ६ दिनमा एक तिहाइ मत मात्र गणना, गठबन्धन निरन्तर अगाडि

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : १६


पोखरा। पोखरा महानगरपालिकामा बल्ल एक तिहाइ गणना भएको छ।

३१ गते दिउँसोदेखि सुरु भएको गणना ६ दिन भैसक्यो। यही गतिमा गणाना भए अन्तिम नतिजा आउन अझै १० दिन लाग्ने देखिन्छ। तर, गणना स्थल बढाउने मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताए।

५० हजार ११७ मत गणना हुँदा गठबन्धनबाट मेयरका उम्मेद्वार धनराज आचार्यले २ हजार भन्दा बढी मतान्तरले अग्रता लिएका छन्। आचार्यले २० हजार ७४९ मत पाउँदा एमालेका उम्मेदवार कृष्ण थापाले १८ हजार ३६६ मत पाएका छन्।

यस्तै, उपमेयरमा एमालेका उम्मेदवारले अग्रता लिएकी छिन्। एमालेकी मन्जुदेवी गुरुङले १५ मतको अग्रता लिएकी हुन्। उनले २० हजार ९७७ मत पाउँदा गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २० हजार ९६३ मत पाएका छन्।


प्रतिक्रिया दिनुहोस्