युरोपा लिगको उपाधि फ्रान्कफुर्टलाई

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ९ : ०५


काठमाडौंl इंग्लिस क्लब रेन्जर्सलाई पेनाल्टीमा हराउदै जर्मन क्लब फ्रान्कफुर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ।

बुधबार राति फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ अन्तरले हराउँदै फ्रान्कफुर्ट च्याम्पियन बनेको हो।

खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो।

फ्रान्कफुर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बन्यो।

यसअघि खेलको ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए। ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफुर्टलाई १-१ गोलको बराबरीमा ल्याए।


प्रतिक्रिया दिनुहोस्