उदयपुरको चौदण्डीगडी नगरपालिकामा एमालेका कालु लामा मेयरमा निर्वाचित

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहिबार  ८ : १३


उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकाको नगर प्रमुख र उप–प्रमुख पदमा एमाले निर्बाचित भएका छन्।

नगर प्रमुख पदमा एमालेबाट उम्मेदवारी दिएका कालुमान लामाले ८८६३ मत प्राप्त गरेका हुन्।

निकटतम प्रतिस्प्रर्धी काँग्रेसका खगेन्द्र राईले ८०१२ मत प्राप्त गरे। नगर प्रमुखमा ८५१ मतान्तरले लामा निर्बाचित भएका हुन्। त्यसैगरी नगर प्रमुखमा नेकपा एकिकृत समाजवादीका नरेन्द्रकुमार राउतले ४३७५ मत प्राप्त गरे।

नगर उप–प्रमुखमा एमालेकै मणिकादेवी दुलालले ९५६६ मत प्राप्त गरि बिजयी भएकी छिन्। उनका निकटतम प्रतिद्धन्द्वी नेपाली काग्रेसका रिताकुमारी चौधरीले ७७६० मत प्राप्त गरेकी छिन्। त्यसैगरी नेकपा माओवादी केन्द्रका हिरा थापा तिम्सिनाले ३५११ मत प्राप्त गरे।


प्रतिक्रिया दिनुहोस्