रुसलाई अर्को धक्का, युक्रेनी सेनाबाट मारिए ४२ औं कर्णेल

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ५ : ५६


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको ८० दिनभन्दा बढी भएको छ। यद्यपी युद्ध रोकिने कुनै संकेत देखिएको छैन।

रुसले राखेको सर्तहरु युक्रेनले नमान्दा त्यहाँ रुसले दैनिक आक्रमण गरिरहेको हो। युक्रेनले पनि विदेशी हतियारको सहयोगमा रुसको कडा प्रतिकार गरिरहेको छ।

रुसले युक्रेन नेटोमा आवद्ध हुन नहुने माग राखेकोमा त्यो युक्रेनले मान्ने बताएको छ। यद्यपी क्राइमियालाई रुसी क्षेत्र मान्नुपर्ने र लुहान्स्क तथा डोनेट्स्कलाई स्वतन्त्र राज्य घोषणा गरिनुपर्ने मागमा युक्रेन सहमत छैन।

युक्रेनका अनुसार रुसी सर्तहरु देशको हितमा छैनन्। युद्ध जारी रहँदा दुवै पक्षमा हजारौं सेना मारिएका छन्। अमेरिकाका अनुसार रुसको १७ हजारभन्दा बढी सेना मारिएका छन् भने युक्रेनका ७ हजार सेना मारिएका छन्।

यसैबीच रुसलाई युक्रेनविरुद्धको युद्धमा अर्को धक्का लागेको छ। डेलीमेलका अनुसार रुसको ४२ जना सैन्य कर्णेलहरु मारिएका छन्।

जसमध्ये पछिल्लोपटक मारिएका कर्णेलको नाम डेनिस कोजलोभ हो। ४० वर्षका उनी डोनबासको खोला तर्दैगर्दा एम्बुसमा परेर हालै मारिएका हुन्।

१४ मार्च अर्थात् आजभन्दा चार दिन अगाडि उनी अर्का मारिएका कर्णेल सर्गी पोर्कन्ह्याको स्थानमा युक्रेन प्रवेश गरेका थिए।

यसरी उच्च सैन्य अधिकारी मारिँदा रुसी सेनाको कमाण्डमा नकरात्मक असर पुग्छ जसबाट युक्रेनी सेनाले युद्धमा लाभ लिन सक्छन्।


प्रतिक्रिया दिनुहोस्