गगन थापाको निर्वाचन क्षेत्रमा एमालेले जित्यो मेयर-उपमेयर

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : ५७


नेपालीका काँग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र रहेको काठमाडौंको बुढानिलकण्ठमा नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन्।

बुढानिलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका मिठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा निर्वाचित भएका हुन् ।

प्रमुख अधिकारीले १४ हजार २ सय ५० मत ल्याउँदै नेपाली काँग्रेसका विनोद चालिसेलाई पराजित गरे। चालिसेले ११ हजार ५ सय १२ मत प्राप्त गरे। उपाध्यक्षमा निर्वाचित लामाले १४ हजार ३ सय १४ मत ल्याउँदै प्रतिद्वन्द्वी काँग्रेसकी रमिला वाग्लेलाई पराजित गरिन् । उनले ११ हजार ९ सय ७२ मत प्राप्त गरेकी छन् ।


प्रतिक्रिया दिनुहोस्