ठाकुरलाई आश देखाएर आलिशा अन्तै लागेपछि (भिडिओ)

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ३ : ४८


काठमाडौं। गीतकार तथा संगीतकार ठाकुर सुवेदी विश्वासको शब्द र संगीत रहेको पहिलो गीत रहेको ‘आश देखाई गयौँ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

नेपाल आइडलबाट चर्चामा आएका गायक प्रविन बेडवालको एकल स्वर रहेको गीतको एरेन्ज स्वर्णीम महर्जनले गरेका छन्।

प्रेममा हुने मिलन–विछोडको भाव समेटिएको गीतको म्युजिक भिडिओमा गीतकार÷संगीतकार सुवेदीका साथमा आलिशा बाँस्तोला र उमेश जोशीको अभिनय रहेको छ।

पेशाले इन्जिनियर रहेका सुवेदीको यो पहिलो गीत हो । आफ्नो पहिलो प्रस्तु्ति रहे पनि मेहेनत गरेका कारण दर्शक स्रोताले रुचाउनेमा आफूँ ढुक्क रहेको उनले बताए।

‘‘आश देखाई गयौँ’ मेरो पहिलो गीत भए पनि यसमा मैले र हाम्रो सम्पूर्ण टिमले उत्तिकै मेहेनत गरेका छौँ, दर्शक स्रोताले गीत मन पराउनेमा ढुक्क छौँ’, सुवेदीले भने । उनले गीत र गीतको भावअनुसार म्युजिक भिडिओ बनाएको बताए।

उनले योसँगै आफ्ना थप केही गीतहरु पनि तयार रहेको र क्रमशः सार्वजनिक गर्ने बताए।

हेरौँ भिडिओ


प्रतिक्रिया दिनुहोस्