काठमाडौं । एक वर्षपछि बसेको नेकपा स्थायी समिति बैठक सातादेखि जारी छ । अघिल्लो बैठकको तुलनामा यसपाली खासै दृश्य बदलिएन । अघिल्लो बैठकमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहालमाथि प्रश्नको वर्षा भएको थियो, यसपालि पनि उनीहरुमाथि त्यस्तै खालका प्रश्न उठेका छन् ।
फरक यत्ति छ, यसपालि प्रश्नका विषयहरु केही बदलिएका छन्, अध्यक्षहरुको आलोचना र समर्थन गर्ने पात्र फेरिएका छन् अनि प्रश्न सुन्न बैठकमा अध्यक्ष दाहाल मात्र उपस्थित छन् । स्वास्थ्यका कारण अध्यक्ष ओली उपस्थित हुन नसकेपछि अध्यक्षद्वयको संयुक्त प्रतिवेदन दाहालले बैठकमा पेस गरे ।
उक्त प्रतिवेदनमाथि टिप्पणी गर्ने क्रममा नेतृत्वको आलोचना, सरकारको विरोध र समर्थनदेखि जनताको बहुदलीय जनवाद, वैज्ञानिक समाजवाद मात्र होइन, प्रचण्डपथसम्मका कुरा उठेका छन् । सैद्धान्तिक राजनीतिक र सांगठनिक विषयबाहेका यसपालि एउटा विषय प्रधान रुपमा उठेको छ ।
नेतृत्वलाई स्थायी कमिटीका ५ प्रश्न
१.एमसीसी राष्ट्रघाति कि राष्ट्रवादी ?
२.बीआरआई र इन्डो–प्यासिफिक उस्तै कि फरक ?
३.व्यक्ति ठूलो कि विधि ?
४.गुट अन्त्य कसरी ?
५.सरकारले पार्टी चलाउने कि पार्टीले सरकार ?
-कान्तिपुर दैनिक