ललितपुरमा मतगणना प्रतिनिधि बन्न पुगेका बोलेन त्यसै फर्काइए, पत्रकारसँग बोल्न मानेनन्

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  १२ : ३१


काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह आज ललितपुरको मतगणनास्थलमा मतगणना प्रतिनिधि बस्नका लागि पुगेका थिए।

काठमाडौंको मतगणना राष्ट्रिय सभागृहमा जारी रहँदा अग्रस्थानमा रहेका बालेन अर्का स्वतन्त्र उम्मेदवारको प्रतिनिधिका रुपमा मतगणनास्थलमा बस्न गएका थिए।

यद्यपी उनले मनगणनास्थल प्रतिनिधि बन्ने अनुमति पाएनन्। जसकारण उनी त्यसै फर्किएका छन्।

ललितपुरको वडा नम्बर १० बाट स्वतन्त्र उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार बालेनका राजनीतिक गुरु हुन्। बालेन व्यञ्जनकारकै मतगणना प्रतिनिधि बन्न त्यहाँ गएका थिए।

तर त्यहाँ निर्वाचन आयोगका प्रतिनिधिहरुसँग कुरा गर्दा अर्को नगरको व्यक्तिले प्रतिनिधि बस्न नपाइने जानकारी उनले पाए।

सो क्रममा केही संचारकर्मीले बालेनसँग कुरा गर्न खोजिरहेका थिए। यद्यपी बालेनले पत्रकारसँग कुरा गर्न मानेनन्।


प्रतिक्रिया दिनुहोस्