बगनासकाली गाउँपालिकामा एमाले विजयी

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार  ७ : २९


काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेकपा एमालेकी सरस्वती दर्लामी (चिदी) र उपाध्यक्षमा हरि पाठक विजयी भएका हुन् ।

अध्यक्षमा विजयी भएकी दर्लामीले ६ हजार ४ सय ६६ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सुनिता अधिकारीले ५ हजार ६ सय ३३ मत पाइन् ।

यस्तै उपाध्यक्षमा एमालेकै पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेय (कमल) ले ४ हजार ७ सय ७८ मत पाए ।

बगनासकालीमा नौ वडामध्ये ६ वडामा एमालेले जित हासिल गरेको छ । तीन वडामा कांग्रेसले जितेको छ ।


प्रतिक्रिया दिनुहोस्