सांसद बानियाका छोरा पेस्तोलसहित पक्राउ

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : ०९


मुगु । नेकपा एमालेका प्रतिनिधि सभा सदस्य सांसद मोहन बानियाका कान्छा छोरा पक्राउ परेका छन्। जिल्लाको खत्याड गाउपालिका वडा नं ७ माझचौरमा सांसद बानियाका कान्छा छोरा अर्पण बानिया ब्रेटा पेस्तोलसहित पक्राउ परेका हुन।

मंगलवार दिउँसो ३ बजे तिर शंकास्पद अवस्थामा प्रहरीले चेक जाँच गर्दा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ। प्रहरी नायव निरीक्षक जुन बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले अर्पणलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

कार्यालयका अनुसार पक्राउ परेका बानियालाई हाल प्रहरी चौकी माझ चौरमा राखिएको छ भने भोलि नै जिल्ला प्रहरी कार्यालम ल्याई अनुसन्धान गरि हातहतियार कसुर सम्बन्धि कानुन बमोजिमको मुद्दा अगाडि बढाइने बताइएको छ।


प्रतिक्रिया दिनुहोस्