रविन्द्र मिश्रको पार्टीले पहिलो पटक जित्यो वडाध्यक्ष

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : ४३


काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझाले पहिलो पटक वडाध्यक्षमा जितको खाता खोलेको छ।

बाराको फेटा गाउँपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा अमीर हमजा ठकुराई ५९१ मत ल्याउँदै निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जाकिर हुसेन मियाले ४५७ मत पाएका छन्।

फेटाको अध्यक्षमै विवेकशील साझाका रुस्तम अन्सारीले अग्रता लिएका छन्। उनले २ हजार २५८ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका मदनप्रसाद साह कानूले १ हजार ४६६ मत पाएका छन् भने जनता समाजवादी पार्टीका रामएकवाल प्रसाद तेलीले १ हजार ९९ मत पाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्