जापानमा ५.६ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : ३५


जापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ। देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन्।

“ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेण्ड जाँदा भूकम्प आएको अमेरिकी भूगर्भ विभागले जनाएको छ।

जमिनको सतहबाट १० किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको थियो। भूकम्पका कारण कुनै क्षति भएको विवरण प्राप्त नभएको अधिकारीहरूले जनाएका छन्।

जापानमा बेला बेलामा साना ठूला सयौँ भूकम्प जाने गरेका छन् भने जापानले निर्माण गरेको बलियो भौतिक संरचनाका कारण यहाँ विरलै ठूलो मानवीय क्षति हुने गर्छ।

यद्यपि भूकम्पपछिको सुनामीका कारण जापानमा भूकम्पका कारण हुने क्षति बढी खतरनाक मानिन्छ।


प्रतिक्रिया दिनुहोस्