रूसी आक्रमणमा परी यूक्रेनमा थप आठको मृत्यु

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ९ : ३१


रूसको हवाई आक्रमणमा परी यूक्रेनमा मङ्गलबार थप आठ जनाको मृत्यु भएको छ।

यूक्रेनका सैनिकहरुको आधार क्षेत्र रहेको ग्रामिण क्षेत्रमा लक्षित गरी भएको आक्रमणमा परी उनीहरूको मृत्यु भएको जनाइएको छ।

डेसना भन्ने गाउँमा भएको आक्रमणमा परी अरु १२ जना घाइते पनि भएको समाचारमा जनाइएको छ।

अहिले आक्रमण भएको ठाउँमा अपवाद मात्रै आक्रमण हुने गरेको थियो। राजधानी किभदेखि ७० किलोमिटर टाढा पर्ने ठाउँमा आक्रमण भएको हो। त्यहाँ ठूलो सैन्य तालिम केन्द्र रहेको थियो।

यसअघि युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको थियो ।

यूक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई स्वदेश फर्काइने बताएका थिए। उद्धार गरिएका २६४ युक्रेनी सैनिकमध्ये ५३ जना गम्भीर घाइते रहेका अधिकारीले बताएका छन्। गम्भीर घाइते रहेका ती सैनिकलाई अस्पताल भर्ना गरिएको जनाइएको छ।

मारिऊपोलस्थित एजोभस्टाल स्टील कारखानामा ८० दिनभन्दा बढी समयदेखि ती सैनिक रुसी फौजको घेराबन्दीमा परेका थिए । ती सैनिकको उद्धारकार्यमा संयुक्त राष्ट्रसंघ र रेडक्रम संलग्न रहेका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बताएका छन।

उक्त बन्दरगाह शहरमाथि कब्जा गर्ने अभियानमा करिब २० हजार रूसी सैनिक संलग्न रहेका युक्रेनी सेनाले दाबी गरेका छन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस्