काठमाडौं। फ्रान्सका विश्वकप विजेता तथा पीएसजीका स्टार फरवार्ड केलिएन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड जाने लगभग पक्का भएको छ।
आगामी समर अर्थात् नयाँ सिजन लागेसँगै एमबाप्पे र पीएसजीबीचको सम्झौता सकिनेछ। यसअघि एमबाप्पले सम्झौता नसकिकनै रियल मड्रिडमा आफूलाई जानदिन पीएसजीसँग आग्रह गरेका थिए।
गत सिजन नै एमबाप्पेलाई मड्रिड जान दिएको भए पीएसजीले मोटो रकम प्राप्त गर्न सक्थ्यो। यतिबेला सम्झौता सकिन लाग्दा एमबाप्पेले पीएसजीसँग नयाँ सम्झौता नगर्ने भएका छन्।
एमबाप्पेले आफ्नो भविष्यको बारेमा अन्तिम निर्णय गरिसकेको बताएका छन्। आइतबार भएको द फ्रेन्च प्रोफेसनल फुटबर्स युनियन युएनएफपी गालाका दौरान एमबाप्पेले आफ्नो भविष्यका बारेमा प्रष्ट पारेका हुन्।
पीएसजीसँग नयाँ सम्झौता नगर्ने उनले बारम्बार बताउँदै आएका छन्। यस्तोमा उनी फ्रि ट्रान्सफरमा रियल म्याड्रिड जाने सम्भावना बलियो देखिएको छ। रियल मड्रिडले पनि दुईहप्ता भित्रै एमबाप्पेले पीएसजी त्याग्ने घोषणा गर्ने बताएको छ।
रियलबाट खेल्ने आफ्नो सपना रहेको एमबाप्पेले पटक पटक बताइसकेका छन्।
एमबाप्पेलेका लागि गत सिजन नै रियलले २ सय मिलियन खर्च गर्न तयार भएको थियो। तर अहिले फ्रि ट्रान्सफरमा रियलले सम्झौता गर्न पाएको छ त्यो रियलको लागि निकै फाइदा हो।
एमबाप्पेले रियलसँग ५ वर्षको सम्झौता गर्ने सम्भावना छ। यसमा १ बिलियन युरोको रिलिज क्लज रहनेछ। रियलबाट उनले पारिश्रमिक भने पिएसजीले प्रस्ताव गरेको भन्दा कम पाउने अनुमान गरिएको छ।
पीएसजीमा नेमार, मेस्सीजस्ता स्टार खेलाडी छन्। यद्यपी उनले रियल मड्रिड जाने निर्णय गरिसकेका हुन्।