दोस्रो खेलमा समेत नेपालको ब्याटिङ चल्न सकेन, युगान्डालाई १०२ रनको लक्ष्य

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ४ : ०८


काठमाडौं । युगान्डाविरुद्धको दोस्रो टी–२० खेलमासमेत ब्याटिङ चल्न नसक्दा नेपालले सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले युगान्डालाई १०२ रनको लक्ष्य प्रस्तुत गरेको हो।

नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०१ रन बनायो। नेपालका लागि ओपनर विन्दु रावलले सर्वाधिक २६ रन बनाइन्। ३६ बल खेलेकी विन्दुले २ चौका प्रहार गरेकी थिइन् ।

सरिता मगरले २२ रन प्रहार गर्दा रन आउट हुनुअघि कप्तान रुविना क्षेत्रीले अविजित १७ रन बनाइन्। डली भट्टले ९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । कविता जोशी शून्यमा आउट भएकी थिइन्।

टस जितेर फिल्डिङमा आएको युगान्डाका लागि जनित एमबाबाजीले दुई विकेट लिइन्। यस्तै, एभेल्नी एनीपो, कोन्सी अवेको र रिता मुसामालीले समान एक विकेट लिए ।

यसअघि हिजोबाट सुरु भएको श्रृंखलाको पहिलो खेलमा युगान्डाले १२ रनको जित निकाल्दै विजयी सुरुआत गरेको छ । १०३ रनको लक्ष्य पाएको नेपाल ९० रनमा समेटिदा पहिलो खेलमै पराजित हुन पुग्यो ।

पहिलो पटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय श्रृंखला खेलेको नेपालले युगान्डासँग पाँच खेल खेल्नेछ।


प्रतिक्रिया दिनुहोस्