विष्णुपुर गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा जसपाका उम्मेदवार विजयी

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : ५६


सिरहा । सिरहाको विष्णुपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई पराजित गर्दै नेकपा एमालेका सत्यनारायण यादव अध्यक्षमा र उपाध्यक्षमा जसपाकाकी गीता कुमारी सिंह विजयी भएका छन्।

अध्यक्ष यादवले दुई हजार एक सय ५१ मत ल्याएका छन। उनी ३४ मतले विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटम प्रतिस्पर्धी जसपाका जागेश्वर यादवले दुई हजार एक सय १७ मत ल्याएका छन्।

यस्तै, उपाध्यक्षमा जसपाकी गीताकुमारी सिंह दुई हजार दुई सय ७२ मत ल्याएर विजयी भएकी छिन्। उनकी निकटम प्रतिस्पर्धी कांग्रेसकी चन्द्रकलाकुमारी यादवले एक हजार नौ सय ६९ मत पाएकी छिन्।


प्रतिक्रिया दिनुहोस्