संसद अघिको बैठकमा एमाले सहभागी भएन

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ३ : २३


संघीय संसदअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको छ।

मंगलबार अपरान्ह ४ बजेबाट सुरु हुने संघीय संसदको ११ औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा बैठक बसिरहेको हो।

उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित रहेको छ। संसदको नवौं र दशौं अधिवेशनका सबै बैठकमा नाराबाजी गर्दै रोष्ट्रम गरेको एमालेले मंगलबारबाट सुरु हुने प्रतिनिधिसभा बैठकमा पनि अवरोध गर्ने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्