जाजरकोट । जाजरकोटमा सुराकी गर्न गएका प्रहरीलाई विप्लव नेतृत्वको नेकपाले नियन्त्रणमा लिएको खुलेको छ ।
बुधबार बिहान ११ बजे नलगान नगरपालिका ५ सिर्केमा विप्लव नेकपाको कार्यक्रम भइरहेको बेला प्रहरी प्रवेश गर्न खोजेको थियो ।
गस्तीले पिछा गरिरहेको थाहापाएपछि आफूहरुले सेप्रखोला प्रहरी चौकीका सहायक निरिक्षक गंगा चन्द र प्रहरी जवान दिल बहादुर डाँगीलाई नियन्त्रणमा लिएको नेकपा सेक्रेटरी राजकुमारले जानकारी दिएएका छन् ।
नियन्त्रणमा लिदा भाग्न खोजेपछि उनीहरुको खुट्टामा सामान्य चोट लागेको विप्लव नेकपाले जनाएको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई अब देखि पार्टी र कार्यकर्ताको पिछा नगर्न चेतावनी दिदै स्थानीयको सहभागीतामा छाडिएको सेक्रेटरी राजकुमारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विप्लव नेकपाले आगामि दिनमा कसैले सुराकी गरे ठुलो मुल्य चुकाउँनुपर्ने समेत चेतावनी दिएको छ ।