प्रधानमन्त्री देउवाका भाईको निधन

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ५८


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका भाई प्रेम बहादुर देउवाको निधन भएको छ। क्यान्सरको उपचार गराईरहेका प्रेमबहादुरको उपचारका क्रममा सोमबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको हो।

सामाजिक व्यक्तित्वका रुपमा परिचित स्वर्गीय प्रेमबहादुर देउवाका श्रीमती, दुई छोरा र दुई छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्कालगायतले उनको पार्थिव शरीरमा कांग्रेसको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए। प्रेमबहादुर देउवाको निधनमा कांग्रेसले दुःख व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्