दाङको राप्ती गाउँपालिका अध्यक्षमा प्रकाश विष्ट विजयी

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  २ : ४२


घोराही । दाङको राप्ती गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रकाश विष्ट विजयी भएका छन्। लुम्बिनी प्रदेशको राजधानीसँग जोडिएको राप्तीमा माओवादी केन्द्रका विष्ट विजयी भएका हुन्।

माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीचको तालमेलमा विष्ट ६४२६ मत ल्याएर निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा गठबन्धनबाट जनमोर्चाका उम्मेदवार केशवराज खनालले ४२६४ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा एमालेकी कमलापति चौधरीले ६०४१ मत ल्याएर निर्वाचित भएकी छन्।

 


प्रतिक्रिया दिनुहोस्