रुस–युक्रेन युद्ध जारी रहेकै समयमा अमेरिकाद्वारा शक्तिशाली हाइपरसोनिक हतियार परीक्षण

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १२ : १८


काठमाडौं। रुसले युक्रेनमा आक्रमण थालेको ८० दिनभन्दा बढी भइसकेको छ।

युद्धका क्रममा रुसले युक्रेनको भूमिमा ध्वनीको गतिभन्दा तिव्र हाइपरसोनिक क्षेप्यास्त्र कयौंपटक प्रयोग गरिसकेको छ।

युद्ध जारी रहेकै समयमा अमेरिकाले पनि शक्तिशाली हाइपरसोनिक क्षेप्यास्त्रको प्रक्षेपण गरेको छ।

अमेरिकाले परीक्षण गरेको यो हतियार ध्वनीको गतिभन्दा पाँच गुणा तिव्र रहेको रोयटर्सले उल्लेख गरेको छ।

खबरअनुसार शनिबार अमेरिकाले क्यालिफोर्नियाको समुद्री तटबाट यो हतियार परीक्षण गरेको थियो।

अमेरिकी वायुसेनाका अनुसार किबी–५२ बम्बर विमानबाट एअर–लन्च्ड र्यापिड रेस्पोन्स विपन नामक क्षेप्यास्त्र हानिएको थियो।

विश्वभर हतियार प्रतिस्पर्धाको होडबाजी चलेको समयमा अमेरिका, रुस, चीन लगायत अन्य शक्ति राष्ट्रहरुले खतरनाक हतियार विकास गरिरहेका हुन्।


प्रतिक्रिया दिनुहोस्