जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममाः अध्ययन

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  ११ : १४


न्युयोर्कl जलवायु परिवर्तन र पानीमा हुने खेलले समुद्री कछुवा जोखिममा परेको एउटा नयाँ अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ एक्सेटरले गरेको सो अध्ययनअनुसार दशाैँ हजार कुछुवा हरेक वर्ष मरिरहेका छन्।

अनुसन्धानको क्रममा वैज्ञानिकहरूले केन्या, सोमालिया, मोजाम्बिक, दक्षिण अफ्रिका र तान्जानियाको तटमा विगत ५७ वर्षदेखि समुद्री कछुवाहरूबारे समीक्षा गरेका थिए।

अध्ययनका लेखक तथा एक्सेटरको पेनरिन क्याम्पसमा इकोलोजी तथा संरक्षण केन्द्रका पीएचडी विद्यार्थी क्यास्पर भ्यान डे गिरले अफ्रिकी पूर्वीतटमा कछुवाहरूले अण्डादेखि वयस्कसम्म धेरै खतरा सामना गरेका बताए।

‘हाम्रो उद्देश्य यी कछुवाहरूको बारेमा अहिले जानकारीमा आएका सबै कुरालाई एकै ठाउँमा ल्याउने र यो द्रुत रूपमा विकास भइरहेको क्षेत्रमा तिनीहरूलाई अझ राम्रोसँग सुरक्षा गर्ने अवसरहरू पहिचान गर्नु थियो’, उनले भने।

अध्ययन इन्डेन्जर्ड स्पाइसेज रिसर्चमा प्रकाशित छ।


प्रतिक्रिया दिनुहोस्