पत्रकार महासंघमा १ लाख ११ हजार १ सय ११ रुपैयाँको पुरस्कार स्थापना

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ११ : १९


काठमाडौं । नेपाल पत्रकार महासंघ र मिश्री–विजय फाउण्डेसनबीच ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्न बिहीबार सहमति गरिएको छ । महासंघका तर्फबाट अध्यक्ष गोविन्द आचार्य र मिश्री–विजय फाउण्डेसनको तर्फबाट फाउण्डेसनका अध्यक्ष विजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले ‘भक्तलाल–तुल्सीमाया स्मृति पत्रकारिता पुरस्कार’को स्थापनाले नेपालको जहानियाँ राणा शासन अन्त्यका लागि सुब्बा भक्तलाल श्रेष्ठ र उहाँकी जीवनसंगिनीले गर्नुभएको योगदानको बारेमा चर्चा हुने बताउनुभयो । उहाँले उक्त पुरस्कारले पत्रकारलाई हौसला दिने भन्दै पुरस्कार स्थापना गर्ने मिश्री–विजय फाउण्डेसनलाई धन्यवाद व्यक्त गर्नुभयो ।
 
वि.सं. १९९७ का ४ शहीदहरुमध्ये गंगालाल श्रेष्ठका कान्छा भाइ तथा मिश्री–फाउण्डेसनका अध्यक्ष विजयलाल श्रेष्ठले आफ्ना मातापिताले गर्नुभएको योगदानको  सम्मानस्वरुप उक्त पुरस्कारको स्थापना गरिएको बताउनुभयो । 

पत्रकारिता क्षेत्रमार्फत नेपालको राष्ट्रियता, सामाजिक न्याय, समाजसेवा, पर्यावरण संरक्षणलगायतका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने पत्रकारलाई सम्मान गरी मर्यादित, जिम्मेवार र सेवामुखी पत्रकारिताको विकासमा टेवा पु¥याउने उद्देश्यले यस पुरस्कारको स्थापना गरिएको छ ।
 
उक्त पुरस्कारको राशी १,११,१,११ (एक लाख एघार हजार एकसय एघार रुपैयाँ ) रहेको छ । पुरस्कार ‘भक्तलाल स्मृति दिवस’को अवसर पारेर फागु पूर्णिमाको भोलिपल्ट दुबै संस्थाको संयोजनमा प्रदान गरिने छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार surya, महासंघका कोषाध्यक्ष राजेश मिश्र र मिश्री–विजय फाउण्डेसनका सचिव अरुण श्रेष्ठको उपस्थितिमा एक कार्यक्रमबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
 


प्रतिक्रिया दिनुहोस्