गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्‍नेत वडा सदस्यमै पराजित

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १० : १०


सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाका निवर्तमान अध्यक्ष तेजबहादुर बस्‍नेत वडा सदस्यमै पराजित भएका छन् ।

बराहताल गाउँपालिका–८ मा कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका बस्‍नेतलाई एमालेका प्रेमराज लिम्बु र छविलाल जैसीले हराएका हुन् । बस्‍नेतले ५३९ मत मत पाएको थिए भने लिम्बुले ५९१ र जैसीले ५७८ मत पाएका थिए ।

उनी ०७४ मा गाउँपालिका अध्यक्षमा विजयी भएका थिए । तर, ३० वैशाखमा भएको निर्वाचनमा उनी वडा सदस्यमा भिडेका थिए ।


प्रतिक्रिया दिनुहोस्