बैतडीको दशरथ चन्द नगरपालिकामा ‘लख्खाभाई’ बने मेयर, उपमेयर काँग्रेसलाई

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  १० : ३८


बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्कर राज जोशी लख्खाभाई विजयी भएका छन्। अन्तिम मत परिणाम आउनु अगावै लख्खाभाई भारी मतान्तरले विजयी भएका हुन्।

अहिले वडा न.५ को केहि मत गणना बाँकी रहेकै बेला लख्खाभाईले गणना हुनु भन्दा ५ गुणा बढीको मतान्तर बनाएका छन्। लख्खाभाईले अहिले ६०९९ मत आउदाँ कांग्रेसका गजेन्द्रसिंह रावलको ४५७५ मत आएको छ। लख्खाभाई २०७४ को निर्वाचनमा राप्रपाबाट मेयर पदमा ६८ मतले पराजित भएका थिए। अहिले एमालेमा रहेका उनि मेयर पदमा निर्वाचित भएका हुन्।

यसैगरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छन्  उनले नेकपा एमालेकी उम्मेदवार सरस्वती नेपालीलाई पराजित गरेकी हुन्। नेपालीले ५१०० सम ल्याउदा चन्द ५६५३ मत ल्याइ विजयी भएकी हुन्। उपमेयरकी प्रतिस्प्रधी नेपाली भने, २०७४को चुनावमा समेत पराजित भएकी थिइन्।

एमालेले दशरथचन्द नगरपालिकाका ७ वडामा विजय हासिल गरेको छ । वडा न।१मा बिष्णु भट्ट, वडा न.२ मा सुर्य बोहरा, वडा न.३ मा अजव पाण्डेय, वडा न.४मा भानदेव भट्ट, वडा न.७ मा हरीदत्त बडु, वडा न.९मा मोहन देव जोशी, वडा न.११मा जयदत्त पन्तले एमालेबाट विजय हासिल गरेका छन् भने, वडा न.५ मा महेन्द्र कार्की, वडा न. ८मा चामुसिंह थापा र वडा न.१०मा त्रिलोकसिंह बिष्ट विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस्