गोरखा नगरपालिका ८ मा तीन मतान्तरले माओवादी केन्द्र विजयी

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : २०


गोरखा । गोरखा नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ऋषिराम खत्री विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर केसीलाई ३ मत अन्तरले पराजित गर्दै खत्री वडाध्यक्ष निर्वाचित भएका हुन्। खत्रीले ७ सय २२ मत प्राप्त गर्दा कांग्रेसका केसीले ७ सय १९ मत प्राप्त गरे।

४ वडा सदस्यमध्ये खुला २ सदस्य कांग्रेस र महिला र दलित महिला सदस्यमा माओवादी उम्मेदवार विजयी भएका छन्।


प्रतिक्रिया दिनुहोस्