सल्यानको सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा कांग्रेसका गिरी निर्वाचित

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ९ : ००


दाङ । सल्यानको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

माओवादी केन्द्र, एकीकृत समाजवादीका साझा उम्मेदवारलाई ३७५ मतले पराजित गर्दै कांग्रेसका भरत गिरी निर्वाचित भएका हुन्।

गिरीले २१७३ मत ल्याएर निर्वाचित हुँदा गठबन्धन एकीकृत समाजवादीका चित्र बहादुर चलाउनेले १७९८ मत ल्याएका छन्।

उपाध्यक्षमा भने गठबन्धनबाट माओवादी केन्द्रका राम बहादुर बस्नेत निर्वाचित भएका छन्। बस्नेत २ हजार ३५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पूर्णिमा चलाउनेले १९६३ मत ल्याएकी छन्।

५ वडा रहेको गाउँपालिकामा वडा न १ र २ माओवादी केन्द्र निर्वाचित भएको छ भने वडा न ३,४ र ५ मा नेपाली कांग्रेस निर्वाचित भएको छ।


प्रतिक्रिया दिनुहोस्