माओवादी जनयुद्धको पहिलो सहिदकी आमा चुनावमा हारिन्

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार  ६ : ३५


नेकपा माओवादीले २०५२ साल फागुन १ गते जनयुद्ध थालेपछि राज्य पक्षबाट मारिएर पहिलो शहीद घोषित दिलबहादुर रम्तेलकी आमा स्थानीय निर्वाचनमा पराजित भएकी छन्।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ मा दलित महिला वडा सदस्यकी उम्मेदवार सरिमाया रम्तेल पराजित भएकी हुन्। उनलाई माओवादीको तर्फबाट महिला वडा सदस्यमा उठाइएको थियो।


प्रतिक्रिया दिनुहोस्