भारतीय आन्दोलन झन् उग्र, लखनउमा प्रहरी चौकीमाथि आक्रमण

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ९ : ४४


नयाँ दिल्ली । भारतको लखनउमा आन्दोलनकारीले एक प्रहरी चौकीमा आगो लगाएका छन् ।

नागरिकता संशोधन विधेयकको विरुद्ध प्रदर्शनमा उत्रिएकाहरुले मेंहदीगंज चौकीमा आगो लगाएका हुन्। 

प्रहरी चौकीमै आक्रमण भएपछि प्रहरीले लाठि जार्च र फायरिङ सुरु गरेको छ । 

प्रदर्शनकारीले एउटा सरकारी बसमा समेत आगो लगाएका छन् । 

लखनऊको हसनगंज इलाकामा पनि प्रदर्शनकारीले सवारी साधनमा आगजनी गरेका छन् ।  

यो पनी

आन्दोलन चर्किएपछि दिल्लीमा फोन र इन्टरनेट बन्द


प्रतिक्रिया दिनुहोस्